शुक्रबार १ जेठ २०८३
अर्थ

एकैदिन तोलामा ४ हजार रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

शुक्रबार जेठ १, २०८३/ Friday 05-15-26

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिन बढेको सुनको मूल्य आज एकैदिन प्रतितोला चार हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यही सुन प्रतितोला तीन लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ। अघिल्लो दिन प्रतितोला पाँच हजार सात सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पाँच हजार तीन सय ९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। यससँगै चाँदीको मूल्य प्रतितोला तीन सय ५५ रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस चार हजार पाँच सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया