शुक्रबार १ जेठ २०८३
मनोरन्जन

मनोज पण्डित सेन्सर बोर्ड सदस्य नियुक्त

शुक्रबार जेठ १, २०८३/ Friday 05-15-26

काठमाडौं । मनोज पण्डित केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) को सदस्यमा नियुक्त भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहने उक्त समितिमा सरकारले उनलाई नियुक्त गरेको हो।

मन्त्रालयका सूचना अधिकारी रबिन्द्र प्रसाद पौड्यालका अनुसार पण्डितले शुक्रबार नै नियुक्तिपत्र बुझिसकेका छन्।

सेन्सर बोर्डले चलचित्र विकास बोर्ड बाट सिफारिस भएर आएका चलचित्रको परीक्षण गरी प्रदर्शन अनुमति तथा सेन्सर प्रमाणपत्र प्रदान गर्ने कार्य गर्दै आएको छ।

तपाईको प्रतिक्रिया