शुक्रबार १ जेठ २०८३
खेलकुद

एन्फामाथिको निलम्बन फुकुवा

शुक्रबार जेठ १, २०८३/ Friday 05-15-26

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाइएको निलम्बन शुक्रबार फिर्ता लिएको छ। परिषद्ले गत चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, परिषद्का सदस्य सचिव रामचरित्र मेहता, एन्फाका महासचिव किरण राई तथा प्रवक्ता सुरेश शाह बीच भएको बैठकपछि निलम्बन हटाउने सहमति भएको हो।

एन्फाका प्रवक्ता शाहका अनुसार परिषद्ले कुनै शर्त नराखी निलम्बनको निर्णय फिर्ता लिएको हो। परिषद्ले यसअघि एन्फाले चैत १३ गतेका लागि तय गरेको निर्वाचनलाई लिएर संघमाथि कारबाही गरेको थियो।

बैठकमा एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार सिद्धि व्यञ्जनकारको पनि उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया