बिजनेस
कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढ्दै आफ्नै कीर्तिमान तोडे
आइतबार जेठ ३, २०८३/ Sunday 05-17-26
काठमाडौँ। कामिरिता शेर्पा ले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः तोड्नुभएको छ। सोलुखुम्बुको थामे गाउँका ५६ वर्षीय शेर्पा बिहान शिखरमा पुगेका हुन्।
यसैगरी लाक्पा शेर्पा ले ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सर्वाधिक पटक शिखर चुम्ने कीर्तिमान कायम गर्नुभएको छ।
पर्यटन विभागका अनुसार दुवै अनुभवी आरोहीले सफल आरोहण गर्दै नेपालको पर्वतारोहण इतिहासमा नयाँ उपलब्धि थपेका छन्। कामिरिता शेर्पा अहिले आधार शिविरतर्फ फर्किने क्रममा छन्।
तपाईको प्रतिक्रिया