काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँले बढ्दै दुई लाख ८३ हजार ५०० रुपैयाँ पुगेको हो।
यसअघि बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १८० रुपैयाँले वृद्धि भएको छ। महासंघले बिहीबार चाँदीको मूल्य प्रतितोला चार हजार ४५० रुपैयाँ निर्धारण गरेको जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला चार हजार २७० रुपैयाँमा किनबेच भएको थियो।
तपाईको प्रतिक्रिया