काठमाडौं । प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारण प्राविधिक समस्याका कारण अवरुद्ध भएको छ।
संघीय संसद सचिवालयका अनुसार इन्टरनेट सेवामा आएको समस्या कारण बैठकको लाइभ प्रसारण प्रभावित भएको हो।
सचिवालयका प्रवक्ता एकराम गिरीले प्राविधिक टोलीले समस्या समाधानका लागि मर्मत कार्य गरिरहेको जानकारी दिँदै प्रत्यक्ष प्रसारण छिट्टै पुनः सञ्चालनमा आउने बताएका छन्।
प्रतिनिधि सभा बैठक बिहान ११ बजेदेखि जारी छ। आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, सार्वजनिक खरिद विधेयक, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण विधेयक, सहकारी विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने कार्यसूची पनि तय गरिएको छ।
तपाईको प्रतिक्रिया