समाज
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनचाँदीका गहनासहित दुईजना पक्राउ
बिहीबार असार १८, २०८३/ Thursday 07-02-26
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका पठाउन लागिएको कार्गोमा लुकाइएका सुन तथा चाँदीका गहना बरामद भएपछि दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ४६ वर्षीय यज्ञराज सुवेदी र ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार कार्गो बाकसमा कपडा रहेको उल्लेख गरिए पनि एक्स–रे परीक्षणका क्रममा शंका उत्पन्न भएपछि बाकस खोलेर जाँच गर्दा सुन र चाँदीका विभिन्न गहना फेला परेका थिए।
बरामद गरिएका गहनासहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।
तपाईको प्रतिक्रिया