शुक्रबार १५ जेठ २०८३
समाज

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाको आवेदन

शुक्रबार जेठ १५, २०८३/ Friday 05-29-26

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका छन् । उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले जेठ १३ गतेसम्म आवेदन माग गरेको थियो ।

आवेदन दिनेमा आयोगका पूर्वउपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव डा. रोशन पोखरेल, प्राडा गेहनाथ बराल, प्राडा दिनेशकुमार लम्साल, प्राडा दीपेन्द्र श्रेष्ठ, प्राडा देवेन्द्रबहादुर खत्री, सहप्राडा प्रमोदकुमार यादव, प्राडा सञ्जयकुमार श्रेष्ठ, प्राडा सुरज बज्राचार्य तथा प्राडा शैलेश प्रधान रहेका छन् ।

सिफारिस समितिले सबै आवेदकलाई कार्ययोजनासहित सोचपत्र प्रस्तुत गर्न तथा अन्तर्वार्तामा सहभागी हुन जेठ २६ र २७ गते बोलाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया