शुक्रबार १५ जेठ २०८३
समाज

कर्मचारीको तलब बढ्यो, अब न्यूनतम ४० हजार

शुक्रबार जेठ १५, २०८३/ Friday 05-29-26

काठमाडौं। सरकारले आगामी साउनदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलब वृद्धि गर्ने निर्णय गरेको छ । बजेट वक्तव्यमार्फत सरकारले कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपैयाँ कायम गरेको छ भने अधिकतम स्केल एक लाख रुपैयाँसम्म पुर्‍याएको छ ।

सरकारले सुरु तलब स्केलमा १० प्रतिशत वृद्धि र कार्यसम्पादनमा आधारित थप १० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ ।

सरकारका अनुसार मर्यादित जीवनयापन सुनिश्चित गर्न तलब समायोजन आवश्यक भएकाले यो निर्णय गरिएको हो । पछिल्ला चार वर्षदेखि राष्ट्रसेवकको तलब समायोजन नभएकाले यसपटक उल्लेख्य वृद्धि गरिएको बजेटमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया