शुक्रबार १५ जेठ २०८३
खेलकुद

आगामी वर्ष खेलकुदका लागि ४ अर्बभन्दा बढी बजेट

शुक्रबार जेठ १५, २०८३/ Friday 05-29-26

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खेलकुद क्षेत्रतर्फ ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले खेल पूर्वाधार विकास, खेलाडी प्रोत्साहन तथा विभिन्न राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै उक्त रकम छुट्याइएको जानकारी दिए । सरकारले खेलकुद क्षेत्रको समग्र विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको सहभागिता सशक्त बनाउने उद्देश्यसहित बजेट विनियोजन गरेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया