शुक्रबार १५ जेठ २०८३
राजनीति

मन्त्रिपरिषद्‍ले स्वीकृत गर्‍यो आगामी आर्थिक वर्षको बजेट

शुक्रबार जेठ १५, २०८३/ Friday 05-29-26

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरिएको वार्षिक बजेटलाई मन्त्रिपरिषद्बाट स्वीकृति दिएको छ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई सङ्घीय संसद्मा प्रस्तुत गर्न औपचारिक स्वीकृति प्रदान गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकपछि उक्त जानकारी दिएका हुन्।

अब अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।

नेपालको संविधानअनुसार हरेक वर्ष जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।

 

तपाईको प्रतिक्रिया