शुक्रबार १५ जेठ २०८३
राजनीति

२१ खर्ब २४ अर्बको बजेट सार्वजनिक, चालु खर्चमा १२ खर्ब विनियोजन

शुक्रबार जेठ १५, २०८३/ Friday 05-29-26

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब २५ प्रतिशतले ठूलो रहेको छ ।

गत आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल ले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले कुल विनियोजनमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ छुट्याइएको जानकारी दिए । सरकारले आगामी वर्षका लागि विकास, पूर्वाधार, सामाजिक सुरक्षा र आर्थिक सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया