शुक्रबार १५ जेठ २०८३
राजनीति

तीन देशका दूतावाससहित पाँच कूटनीतिक नियोग खारेज गर्ने सरकारको निर्णय

शुक्रबार जेठ १५, २०८३/ Friday 05-29-26

काठमाडौं।  सरकारले आगामी आर्थिक वर्षदेखि विदेशस्थित केही नेपाली कूटनीतिक नियोगहरू पुनर्संरचना गर्ने निर्णय गरेको छ । सो निर्णयअनुसार तीन देशका दूतावास, दुई महावाणिज्यदूतावास तथा भारतस्थित एक कूटनीतिक शाखा कार्यालय खारेज गरिने भएको छ ।

खारेज हुने दूतावासहरूमा डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास समावेश छन् । त्यस्तै चीनको छेङ्दु र अमेरिकाको सानफ्रान्सिस्कोमा रहेका नेपाली महावाणिज्यदूतावास पनि बन्द गरिने निर्णय गरिएको छ ।

यसैगरी, भारतको दिल्लीस्थित नेपाली दूतावासअन्तर्गत विशाखापटनमा रहेको शाखा कार्यालय पनि खारेज हुने भएको छ ।

सरकारका अनुसार बदलिँदो आर्थिक कूटनीति, स्रोत साधनको प्रभावकारी उपयोग तथा प्राथमिकतामा आधारित विदेश नीति कार्यान्वयनलाई ध्यानमा राख्दै यी कूटनीतिक नियोगहरू पुनर्संरचना गरिएको हो ।

संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सीमित स्रोतलाई उच्च प्राथमिकता प्राप्त मुलुक र क्षेत्रहरूमा केन्द्रित गर्ने उद्देश्यसहित यस्तो निर्णय गरिएको जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया