शुक्रबार १५ जेठ २०८३
राजनीति

मानव अधिकार आयोगको प्रतिवेदनअनुसार कारबाही अघि बढाउन कांग्रेसको माग

शुक्रबार जेठ १५, २०८३/ Friday 05-29-26

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनका आधारमा किटान गरिएका सांसद, व्यक्ति तथा निकायमाथि विधिसम्मत कारबाही अघि बढाउन सरकारसँग माग गरेको छ ।

प्रतिनिधि सभा बैठकमा प्रमुख सचेतक निश्कल राई ले आयोगको प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरे ।

मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका १७ सांसदमाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ । सोही सन्दर्भमा कांग्रेसले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो र अस्पष्ट रहेको आफ्नो अघिल्लो धारणा अझ पुष्टि भएको बताएको छ ।

कांग्रेसले जेनजी आन्दोलनका क्रममा भएको हिंसा, आगजनी, लुटपाट तथा कारागारमा भएको तोडफोडलगायत घटनामा संलग्नहरूलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ । साथै निजी क्षेत्रमा पुगेको क्षतिको क्षतिपूर्ति वा बिमा व्यवस्था सुनिश्चित गर्न पनि आग्रह गरिएको छ ।

 

तपाईको प्रतिक्रिया