बुधबार ३ असार २०८३
राजनीति

परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी

बुधबार जेठ २७, २०८३/ Wednesday 06-10-26

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो तीनदिने भारत भ्रमणका उपलब्धिबारे प्रतिनिधि सभा बैठकमा जानकारी गराएका छन्।

बुधबारको बैठकमा मन्त्री खनालले भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग शिष्टाचार भेट भएको बताए ।

उनका अनुसार उक्त भेटवार्ताहरू दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ र प्रभावकारी बनाउन केन्द्रित रहेका थिए। मन्त्री खनालले आफ्नो भारत भ्रमणले द्विपक्षीय सम्बन्ध विस्तार र सहकार्यलाई थप मजबुत बनाउन सकारात्मक योगदान दिएको विश्वास व्यक्त गरे ।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई अझ व्यवस्थित र परिणाममुखी बनाउने विषयमा समेत विस्तृत छलफल भएको उनले संसदलाई जानकारी दिए।

 

तपाईको प्रतिक्रिया