शनिबार ६ असार २०८३
शिक्षा

कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

शुक्रबार असार ५, २०८३/ Friday 06-19-26

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार नियमित तथा आंशिकतर्फ गरी कुल ४ लाख १५ हजार ७९० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ४० जनाको परीक्षा रद्द गरिएको छ भने २ लाख ६६ हजार १९० विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।

नतिजाअनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएकामा २ लाख २९ हजार ६७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। नियमिततर्फ उत्तीर्ण प्रतिशत ६९.१५ रहेको छ।

यस्तै, आंशिकतर्फ ८३ हजार ५४९ विद्यार्थी सहभागी भएकामा ३६ हजार ५२० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। आंशिकतर्फ उत्तीर्ण प्रतिशत ४३.७६ रहेको बोर्डले जनाएको छ।

समग्रमा कक्षा १२ को वार्षिक परीक्षामा सहभागीमध्ये ६४.१३ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।

बोर्डले केही परीक्षार्थीहरूको नतिजा रद्द गरेको तथा परीक्षा सञ्चालनसम्बन्धी कसुरमा संलग्न ठहरिएका केही परीक्षार्थीलाई आगामी एक वर्षसम्म बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने निर्णयसमेत गरेको जनाएको छ

 

तपाईको प्रतिक्रिया