शनिबार ६ असार २०८३
अर्थ

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि, साढे चार अर्बको कारोबार

शुक्रबार असार ५, २०८३/ Friday 06-19-26

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले उकालो लागेको छ। कारोबार अन्त्य हुँदा नेप्से १.६३ अंकले बढेर २७०२.११ विन्दुमा पुगेको छ।

बजारमा सुधार देखिए पनि बढ्ने र घट्ने कम्पनीको संख्या मिश्रित रहेको छ। यस दिन ११६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १४० कम्पनीको मूल्य घटेको छ भने १७ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

कारोबार रकममा पनि वृद्धि देखिएको छ। दिनभरमा चार अर्ब ५३ करोड ४९ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। कुल एक करोड नौ लाख २२ हजार ५२५ कित्ता सेयर ६१ हजार १७० पटक कारोबार भएका छन्।

सबैभन्दा बढी लाभ कमाउने कम्पनीहरूको सूचीमा एपोलो हाइड्रो, सोपान फर्मास्युटिकल्स, सपोर्ट माइक्रोफाइनान्स, रिलायन्स फाइनान्स र गुराँस लघुवित्त रहेका छन्।

यता, बुंगल हाइड्रो, आत्मनिर्भर लघुवित्त, सिटिजन बैंक डिबेन्चर, सिद्धार्थ इन्भेस्टमेन्ट तथा सालपा विकास बैंकका लगानीकर्ताले उच्च गिरावट व्यहोरेका छन्।

समूहगत सूचकतर्फ फाइनान्स, हाइड्रोपावर, इन्भेस्टमेन्ट, जीवन बीमा, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन र व्यापार समूहमा हरियाली देखिएको छ। अन्य सबै समूहका सूचक भने ओरालो लागेका छन्।

तपाईको प्रतिक्रिया