शनिबार ६ असार २०८३
समाज

गोली हानेर तीनजना लागूऔषध कारोबारी पक्राउ

शनिबार असार ६, २०८३/ Saturday 06-20-26

काठमाडौं। काठमाडौँको बालकुमारीबाट लागूऔषध खैरो हेरोइनसहित तीन जना लागूऔषध कारोबारी पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विशेष निगरानीका क्रममा भारतबाट काठमाडौँ उपत्यकामा खैरो हेरोइन ल्याएर बिक्री–वितरण गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा आरोपीहरूले प्रहरीमाथि आक्रमण गर्दै भाग्न खोजेका थिए। चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गर्दा पनि नरोकेपछि एक जनाको खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकामध्ये किशोरप्रसाद ओझैया गोली लागेर घाइते भएका छन् र उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनीहरूबाट ३०० ग्राम खैरो हेरोइन र चार थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ओझैया यसअघि पनि लागूऔषध मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गरेर हालै मात्र कारागारबाट छुटेका व्यक्ति हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

 

तपाईको प्रतिक्रिया