शनिबार ६ असार २०८३
समाज

रातो मच्छिन्द्रनाथको भोटो देखाएर जात्रा समापन

शनिबार असार ६, २०८३/ Saturday 06-20-26

काठमाडौं। शनिबार ललितपुरको जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा मनाइएको छ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राको समापनका अवसरमा आयोजना गरिने भोटो जात्रामा परम्पराअनुसार बहुमूल्य भोटो सर्वसाधारणलाई प्रदर्शन गरिएको छ।


राष्ट्रपति, प्रधानमन्त्री, उच्च सरकारी अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि तथा हजारौं श्रद्धालुहरूको उपस्थितिमा जात्रा सम्पन्न भएको हो।
भोटो प्रदर्शनसँगै रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन भएको मानिन्छ।

तपाईको प्रतिक्रिया