शुक्रबार १९ असार २०८३
समाज

बर्दियाबाट लालपुर्जा वितरण सुरु, २९ भूमिहीन परिवार जग्गाधनी बने

बिहीबार असार १८, २०८३/ Thursday 07-02-26

काठमाडौं। सरकारले बर्दिया जिल्लाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेको छ। पहिलो चरणमा बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका परिवारले लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिलामन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताइन्।

भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बर्दियाबाट सुरु भएको लालपुर्जा वितरण अभियान क्रमशः देशभर विस्तार गरिनेछ। सरकारले वास्तविक भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाको स्वामित्व दिलाउँदै दीर्घकालीन रूपमा भूमिसम्बन्धी समस्या समाधान गर्ने लक्ष्य लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया