शुक्रबार १९ असार २०८३
समाज

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ट्राफिकले तिरायो जरिवाना

बिहीबार असार १८, २०८३/ Thursday 07-02-26

कैलाली ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले कारबाही गरेको छ।

ट्राफिक प्रहरीले मुख्यमन्त्री शाहबाट नियम उल्लंघनबापत ५ सय रुपैयाँ जरिबाना असुल गरेको जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्य नेतृत्वको प्रहरी टोली मुख्यमन्त्रीको निवासमै पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै जरिबाना बुझाएको हो।

तपाईको प्रतिक्रिया