काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने जनाइएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित प्रशासनिक कार्य, समसामयिक राष्ट्रिय विषय तथा मन्त्रालयहरूको कार्यसम्पादनसँग सम्बन्धित विभिन्न प्रस्तावमाथि छलफल हुनेछ।
सचिवालयले आवश्यक विषयमा मन्त्रिपरिषद्बाट निर्णयसमेत गरिने जनाएको छ।
तपाईको प्रतिक्रिया