काठमाडौं । प्रतिनिधिसभाले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ।
बिहीबार बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानूनमन्त्री गौतमले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन्। बैठकले उक्त प्रस्तावलाई बहुमतका आधारमा स्वीकृति प्रदान गरेको हो।
विधेयक पारित हुनुअघि सांसदहरूले दर्ता गरेका संशोधन प्रस्तावमाथि छलफल गरी निर्णयार्थ प्रस्तुत गरिएको थियो।
सरकारले संसद् अधिवेशन नचलेको अवस्थामा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेको थियो। सोही अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक अब संसदबाट औपचारिक रूपमा पारित भएको छ।
तपाईको प्रतिक्रिया