शुक्रबार १९ असार २०८३
राजनीति

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज

बिहीबार असार १८, २०८३/ Thursday 07-02-26

काठमाडौं । सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ।

पौडेलकी पत्नी दोमाया पौडेलले सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको बिहीबारको संयुक्त इजलासले रिट खारेज गर्ने फैसला गरेको हो।

यसैबीच, विशेष अदालतले पनि बिहीबार नै सम्पत्ति शुद्धीकरण विभागलाई पौडेलमाथि अनुसन्धान जारी राख्न थप ६ दिन हिरासतमा राख्ने अनुमति दिएको छ।

 

तपाईको प्रतिक्रिया