पोखरा। गण्डकी प्रदेश सरकारले प्रशासनिक दस्तुर र करका दर बढाएको छ। अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) र नवीकरण शुल्क दोब्बर गरिएको छ। मोटरसाइकल/स्कुटरको नवीकरण शुल्क १,५०० बाट ३,००० रुपैयाँ, कार–जिप–भ्यानको ४,००० रुपैयाँ र बस–ट्रक लगायतका सवारीको ६,००० रुपैयाँ कायम गरिएको छ।
यससँगै घरजग्गा रजिस्ट्रेसन शुल्क, अंशबण्डा कर तथा बैंकबाट जग्गा रोक्का जानकारी लिँदा सेवा शुल्क पनि बढाइएको छ। राइड सेयरिङ कम्पनीका लागि नयाँ कर र अनुमतिबिनाको सञ्चालनमा जरिवानाको व्यवस्था गरिएको छ।
सरकारले जनस्वास्थ्य प्रयोगशाला सेवा, कृषि उपज बिक्री तथा ठूला उद्योगबाट पुँजी लगानीका आधारमा वातावरण दस्तुर उठाउने नयाँ व्यवस्था पनि लागू गरेको छ। आगामी आर्थिक वर्षमा गण्डकी प्रदेशले आन्तरिक राजस्व संकलनको लक्ष्य बढाएर ५ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी राखेको छ।
तपाईको प्रतिक्रिया