हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, नेपाली सेनाबाट परीक्षण उत्पादन सुरु
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीस्वरूप नेपाली सेनामार्फत परीक्षण उत्पादन भइरहेको बताएका छन्।
सरकारले आफ्नो सय दिनको कार्यसम्पादन सार्वजनिक गर्ने अवसरमा आयोजित पत्रकार सम्मेलनमा सचिव राउतले सरकारले २०८३ असार १८ गते हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरिसकेको जानकारी दिए।
उनका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक बजेट अर्थ मन्त्रालयबाट निकासा भइसकेको छ भने परीक्षण उत्पादनको काम पनि अघि बढिरहेको छ।
सचिव राउतले पछिल्लो समय बन्द वा रुग्ण अवस्थामा रहेका सातवटा सरकारी उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) प्रतिवेदन तयार गर्ने प्रक्रिया जारी रहेको बताए।
ती उद्योगहरूलाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा भने डिडिए प्रतिवेदन प्राप्त भएपछि मात्रै अन्तिम निर्णय गरिने उनले स्पष्ट पारे।
तपाईको प्रतिक्रिया