आइतबार २१ असार २०८३
राजनीति

एमाले कार्यदलको बैठक असार २५ गते बस्ने

आइतबार असार २१, २०८३/ Sunday 07-05-26

काठमाडौँ । अघि बढाइएको कार्यतालिकाअनुसार निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन गरिरहेको एमालेको उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलको बैठक अब असार २५ गते बस्ने भएको छ।

यसअघि असार २२ गतेका लागि तय गरिएको बैठकको मिति परिवर्तन गरिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए। उनका अनुसार असार २२ मा प्रवास कमिटी र असार २३ मा सल्लाहकार कमिटीसँग सुझाव लिने कार्यक्रम थपिएपछि कार्यदलको बैठक तीन दिन पछाडि सारिएको हो।

निर्वाचन परिणामको समीक्षा गर्दै पार्टीको संगठनात्मक पुनर्गठनका लागि सुझाव सङ्कलन गरिरहेको उक्त कार्यदलले तयार गर्ने प्रतिवेदनका आधारमा एमालेले आगामी पुनर्गठन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। पछिल्लो निर्वाचनमा अपेक्षाभन्दा कमजोर प्रदर्शन गरेपछि पार्टीभित्र पुनर्गठन र सुधारको बहस तीव्र बन्दै गएको छ।

तपाईको प्रतिक्रिया