खेलकुद
आईसीसी महिला टी–२० विश्वकपको उपाधिका लागि आज इङ्ल्याण्ड र अस्ट्रेलिया भिड्दै
आइतबार असार २१, २०८३/ Sunday 07-05-26
काठमाडौं। आईसीसी महिला टी–२० विश्वकपको उपाधिका लागि आज घरेलु टोली इङ्ल्याण्ड र साविक विजेता अस्ट्रेलिया आमनेसामने हुँदैछन्।
लन्डनस्थित लर्ड्स क्रिकेट मैदानमा हुने फाइनल खेल नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुनेछ। दुवै टोली प्रतियोगिताभर अपराजित रहँदै फाइनलमा पुगेका हुन्।
इङ्ल्याण्डले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ४० रनले पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको हो। यता, अस्ट्रेलियाले वेस्ट इन्डिजलाई आठ विकेटले हराउँदै लगातार उपाधि रक्षा गर्ने लक्ष्यसहित फाइनल यात्रा तय गरेको छ।
विश्व महिला क्रिकेटका दुई बलिया टोलीबीच हुने आजको प्रतिस्पर्धाले यस संस्करणको नयाँ विश्व च्याम्पियनको टुंगो लगाउनेछ।
तपाईको प्रतिक्रिया