आइतबार २१ असार २०८३
समाज

हात्ती धपाउन बालिएको आगोले लियो आमा–छोराको ज्यान

आइतबार असार २१, २०८३/ Sunday 07-05-26

चितवन। चितवनको भरतपुर–२३, बेलहट्टामा शनिबार राति जंगली हात्तीको आक्रमणपछि भएको आगलागीमा २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको मृत्यु भएको छ।

हात्तीले घर भत्काउन थालेपछि धपाउन आगो बाल्ने क्रममा कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो।

घटनापछि सरोकारवाला निकायबीच भएको छलफलमा पीडित परिवारलाई तत्काल राहत, घर पुनर्निर्माण र हात्तीलाई नियन्त्रणमा लिने सहमति भएको छ। प्रहरीले घटनासम्बन्धी कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया