काठमाडौं। फ्रान्सले पराग्वेलाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको फिलाडेल्फियामा भएको प्रतिस्पर्धात्मक खेलमा केलियन एमबाप्पेले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको एकमात्र गोल निर्णायक बन्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मैदान छिरेका युवा खेलाडी डिजायरमाथि पेनाल्टी बक्सभित्र फाउल भएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। एमबाप्पेले त्यसलाई गोलमा परिणत गर्दै टोलीलाई अन्तिम आठमा पुर्याए।
यो गोलसँगै एमबाप्पे विश्वकप २०२६ मा ७ गोलसहित गोल्डेन बुटको दौडमा लियोनल मेस्सीको बराबरीमा पुगेका छन्। साथै, विश्वकपमा उनको कुल गोल संख्या १९ पुगेको छ।
अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ।
तपाईको प्रतिक्रिया