समाज
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो अनुसन्धान जारी
बुधबार श्रावण ६, २०८३/ Wednesday 07-22-26
काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिका–१ मा कारभित्र जलेको अवस्थामा मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार मृतक सोही वडाका ७० वर्षीय सुरेशचन्द श्रेष्ठ हुन्। उनी जलेको अवस्थामा भेटिएको बा ५ च ३०३८ नम्बरको कारका धनी समेत रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार श्रेष्ठ कारभित्र सिटबेल्ट लगाएकै अवस्थामा फेला परेका थिए। घटनामा कुनै आपराधिक संलग्नता छ वा अन्य कुनै कारणले यस्तो घटना भएको हो भन्नेबारे अहिलेसम्म निष्कर्षमा पुग्न नसकिएको प्रहरीले जनाएको छ।
घटनाको वास्तविक कारण खुलाउन प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ।
तपाईको प्रतिक्रिया