शुक्रबार ८ श्रावण २०८३
शिक्षा

शिक्षामन्त्रीविरुद्ध नाराबाजी गर्ने पाँच जना कीर्तिपुरबाट पक्राउ

बिहीबार श्रावण ७, २०८३/ Thursday 07-23-26

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका क्रममा शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलविरुद्ध प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन शिक्षामन्त्री पोखरेल बिहीबार कीर्तिपुर पुगेका बेला कार्यक्रमस्थल बाहिर केही युवाले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार प्रदर्शनमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको हो।

प्रदर्शनकारीहरूले ‘नेपो बेबी मुर्दावाद’ र ‘मेरिटोक्रेसी लागू गर’ लगायतका नारा लगाउँदै सरकार र शिक्षामन्त्रीको विरोध गरेका थिए।

 

तपाईको प्रतिक्रिया