सोमबार २२ भदौ २०८३
बिश्वो

मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

सोमबार भदौ २२, २०८३/ Monday 09-07-26

काठमाडौं। अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजनको कार्गो विमान धावनमार्गबाट बाहिरिएर गाडीमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

आइतबार भएको दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको छ भने अन्य दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बोइङ ७६७ विमान धावनमार्गबाट बाहिरिएपछि नजिकै रहेका गाडीमा ठोक्किँदा भीषण आगलागी भएको थियो। दुर्घटनापछि ६० भन्दा बढी उद्धार टोली घटनास्थल पुगेका थिए।

उद्धार टोलीले गाडीमा फसेका यात्रुलाई बाहिर निकाल्नुका साथै विमानका पाइलटलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ।

‘फ्लाइटराडार २४’ का अनुसार दुर्घटनाको समयमा विमान करिब १३० माइल प्रतिघण्टाको गतिमा थियो। विमान किन समयमै रोक्न नसक्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया