बुधबार २० श्रावण २०८३
राजनीति

प्रतिनिधिसभाको बैठक आज बस्दै, आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस र भूमिहीनको मुद्दामा छलफल हुने

मंगलबार श्रावण १९, २०८३/ Tuesday 08-04-26

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको छ।

संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेद्वारा दर्ता गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यक्रम तय गरिएको छ।

प्रस्तावमा वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको संरक्षण, सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा तथा जीविकोपार्जनको सुनिश्चितता गर्न सरकारसँग माग गरिएको छ। साथै, उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापनाको व्यवस्था गर्दै वास्तविक भूमिहीन र सुकुमवासीलाई यथाशीघ्र लालपूर्जा वितरण गर्नुपर्ने विषय पनि प्रस्तावमा समेटिएको छ।

उक्त प्रस्तावलाई सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गरेका छन्।

 

तपाईको प्रतिक्रिया