काठमाडौं।बर्दियामा मोटरसाइकल दुर्घटनापछि घाइते सहयात्रीको हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ परेका छन्।
प्रहरीका अनुसार साउन १५ गते ठाकुरबाबामा भएको दुर्घटनापछि चालक गोविन्द जैसीले घाइते २७ वर्षीय आसाराम थारुलाई काठ र मोटरसाइकलको चाबीले प्रहार गरी मालाले घाँटी कसेर हत्या गरेका थिए। त्यसपछि शव सिँचाइ नालामा फालेर फरार भएका उनी साउन १७ गते पक्राउ परेका हुन्।
घटनामा पक्राउ परेका जैसीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया