आइतबार १७ श्रावण २०८३
समाज

ब्रड पिक हिमपहिरो : अमेरिकी आरोही म्यालोरी गेइसको शव फेला

शनिबार श्रावण १६, २०८३/ Saturday 08-01-26

काठमाडौं।  पाकिस्तान–चीन सीमास्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा आएको हिमपहिरोपछि बेपत्ता अमेरिकी आरोही म्यालोरी गेइसको शव फेला परेको छ।

गिलगिट–बाल्टिस्तान सूचना विभागका अनुसार नेपालका पुरबहादुर गुरुङ र ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थीको शव पनि पहिचान गरिएको छ। तीनै शव हेलिकप्टरमार्फत अस्पताल लगिएको छ।

खराब मौसमका कारण उद्धार अभियान प्रभावित बनेको छ भने केही आरोही अझै बेपत्ता छन्। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्स’ पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय टोली बिहीबार हिमपहिरोमा परेको थियो। ड्रोनबाट केही संकेत देखिए पनि उद्धार टोलीले उनीहरूको अवस्था पुष्टि गर्न सकेको छैन।

 

तपाईको प्रतिक्रिया