बुधबार २० श्रावण २०८३
बिजनेस

रसुवागढी नाकाबाट एक वर्षमा १३ हजारभन्दा बढी तीर्थयात्री कैलाश मानसरोवर पुगे

मंगलबार श्रावण १९, २०८३/ Tuesday 08-04-26

रसुवा । रसुवागढी नाका हुँदै आर्थिक वर्ष २०८२/८३ मा १३ हजार ५ सय २३ धार्मिक पर्यटक चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कैलाश मानसरोवर पुगेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १८.७५ प्रतिशतले बढी रहेको अध्यागमन कार्यालय, रसुवागढीले जनाएको छ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा कुल ५३ हजार ७ सय ४२ जनाले रसुवागढी नाका प्रयोग गरी नेपाल–चीन आवतजावत गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा २०.७४ प्रतिशतले बढी हो।

कैलाश मानसरोवर भ्रमणका लागि रसुवागढी नाका प्रयोग गर्नेमा भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै रहेको छ। कार्यालयका अनुसार कैलाश यात्राका कारण यस नाकाको प्रयोग निरन्तर बढ्दै गएको छ।

 

तपाईको प्रतिक्रिया