बिश्वो
विहार उपनिर्वाचनः ३० वर्षदेखिको भाजपाको किल्लामा प्रशान्त किशोर विजयी
मंगलबार श्रावण १९, २०८३/ Tuesday 08-04-26
काठमाडौं । भारतको विहारस्थित बाँकीपुर विधानसभा उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएका छन्। उनले भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार नीरज कुमारलाई १९ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै ३० वर्षदेखि कायम रहेको भाजपाको किल्ला तोडेका हुन्।
विजयपछि किशोरले यो नतिजा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहका लागि स्पष्ट सन्देश भएको प्रतिक्रिया दिएका छन्।
यसैबीच, मध्यप्रदेशको डाटिया विधानसभा उपनिर्वाचनमा कांग्रेसले भाजपालाई पराजित गरेको छ भने गुजरातको मञ्जपुरमा भने भाजपाले सहज जित हासिल गरेको छ।
तपाईको प्रतिक्रिया