सुनसरी घटनामा गृहमन्त्रीले कुनै विशेष सम्झौता गरेका छैनन् : सरकार
काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा हालै भएका घटनाका सन्दर्भमा गृहमन्त्री सुधन गुरुङले कुनै विशेष वा ठोस सम्झौता नगरेको स्पष्ट पारेको छ।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गृहमन्त्रीको पूर्वी तराई भ्रमणका क्रममा विभिन्न पक्षसँग भएका भनिएका सहमतिबारे सरकारको धारणा सार्वजनिक गरेका हुन्।
उनका अनुसार गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रका सरोकारवालासँग भेटघाट गरी घटनाको वास्तविक अवस्था बुझेका र समस्या समाधानका लागि सरकार संवाद गर्न तयार रहेको सन्देश मात्रै दिएका हुन्।
मन्त्री पोखरेलले गृहमन्त्रीले भ्रमणका क्रममा हिन्दु सम्राट सेना तथा आन्दोलनका पीडित पक्षसँग समेत छलफल गरेको उल्लेख गर्दै कुनै विशेष सहमति भएको भन्ने विषयमा भ्रम नफैलाउन आग्रह गरे।
उनले कुनै निश्चित बुँदासम्बन्धी प्रश्न उठे त्यसबारे विस्तृत र आधिकारिक जानकारी स्वयं गृहमन्त्रीले नै दिने बताए।
तपाईको प्रतिक्रिया