बिहीबार २१ श्रावण २०८३
अर्थ

नेप्से ४.७९ अंकले सुधार, कारोबार सवा चार अर्ब रुपैयाँभन्दा बढी

बुधबार श्रावण २०, २०८३/ Wednesday 08-05-26

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले हरियो भएको छ। कारोबारको अन्तिम समयमा बजारमा सुधार आउँदा नेप्से ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको हो।

आजको कारोबारमा १२० कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

बुधबार कुल चार अर्ब ४० करोड ९५ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस अवधिमा एक करोड ६६ हजार कित्ता सेयर ६१ हजार २५७ पटक किनबेच भएको नेप्सेले जनाएको छ।

कारोबारका क्रममा सोलु हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शिखर पावर, रिडी पावर, बुद्धभूमि नेपाल हाइड्रोपावर र सिनर्जी पावरका लगानीकर्ताले पनि उल्लेख्य नाफा कमाएका छन्।

यता, एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९ प्रतिशतले घटेको छ। समूहगत परिसूचकमा होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य तथा व्यापार समूहमा वृद्धि देखिएको छ भने बाँकी सबै समूहका सूचकहरू ओरालो लागेका छन्।

तपाईको प्रतिक्रिया