बिहीबार २१ श्रावण २०८३
बिजनेस

पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वसचिव न्यौपाने ४ लाख ५० हजार धरौटीमा रिहा

बुधबार श्रावण २०, २०८३/ Wednesday 08-05-26

काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिएको आरोपसम्बन्धी भ्रष्टाचार मुद्दामा पर्यटन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेलाई ४ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू उमेश कोइराला र बिदुर कोइरालाको इजलासले न्यौपानेसँग उक्त रकम धरौटी माग गरेको हो। अन्य प्रतिवादी कर्मचारीहरू भने पुर्पक्षका लागि थुनामा पठाइएको अदालतले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा संलग्न चिनियाँ कम्पनी सीएएमसी (CAMC) र त्यसका सञ्चालकसहित केही कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

ठेक्का सम्झौताविपरीत ठेकेदार कम्पनीलाई राजस्व छुट दिई राज्यलाई नोक्सानी पुर्‍याएको आरोप लगाउँदै अख्तियारले उनीहरूविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको छ।

 

तपाईको प्रतिक्रिया