मनोरन्जन
महाभारतका ‘अश्वत्थामा’ अभिनेता प्रदीप रावतको निधन
बुधबार श्रावण २०, २०८३/ Wednesday 08-05-26
काठमाडौं । भारतीय चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। रक्त क्यान्सरको उपचारका क्रममा मुम्बईमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
चार दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुगु, तमिल तथा नेपाली चलचित्रमा अभिनय गरेका थिए। टेलिभिजन श्रृंखला ‘महाभारत’ मा अश्वत्थामाको भूमिकाबाट चर्चित बनेका उनले ‘लगान’, ‘गजिनी’, ‘राउडी राठौर’ लगायतका चर्चित चलचित्रमा खलनायकको सशक्त भूमिका निर्वाह गरेका थिए।
नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ र ‘आ बाट आमा’ मा समेत अभिनय गरेका रावतको निधनप्रति नेपाली कलाकारहरूले पनि दुःख व्यक्त गरेका छन्। अभिनेत्री विपना थापा, नीता ढुंगानालगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्।
रावतका श्रीमती र एक छोरा विक्रमादित्य छन्।
तपाईको प्रतिक्रिया