आइतबार २४ श्रावण २०८३
राजनीति

सत्ता–शक्ति बिना पनि नागरिक अधिकारका लागि राजनीति गर्न सकिन्छ : गगन थापा

शनिबार श्रावण २३, २०८३/ Saturday 08-08-26

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकको अधिकार र सेवाका लागि गरिने राजनीतिमा सधैँ सत्ता र शक्ति आवश्यक नपर्ने बताएका छन्।

शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा थापाले सत्ता र शक्तिबाहिर बसेर पनि नागरिकका पक्षमा प्रभावकारी राजनीति गर्न सकिने बताए।

उनले सत्ता र शक्ति राजनीति गर्ने लक्ष्य नभई नागरिकको हितका लागि प्रयोग हुने साधन मात्र भएको स्पष्ट पारे। पार्टीको आत्मा र चरित्र जोगाउँदै कांग्रेसलाई एकढिक्का बनाउने उनको भनाइ थियो।

थापाले कांग्रेस कार्यकर्ताले आफ्नो पार्टीप्रति गर्व गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने बताए। साथै, केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीका आवश्यक निर्णय गर्दै बैठकलगत्तै महाधिवेशनको प्रक्रिया अघि बढाइने जानकारी दिए।

 

तपाईको प्रतिक्रिया