काठमाडौं। मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच साउदी अरेबिया, पाकिस्तान र टर्कीले ‘मक्का संयुक्त रक्षा सम्झौता’ मा हस्ताक्षर गरेका छन्।
शुक्रबार भएको सम्झौताअनुसार तीनमध्ये कुनै एक राष्ट्रमाथि हुने आक्रमणलाई सबैमाथिको आक्रमणका रूपमा लिइनेछ। तीन देशले सामूहिक सुरक्षा, शान्ति र स्थायित्वका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
इरान–इजरायल तनाव र गाजा युद्धका कारण मध्यपूर्वमा बढ्दो अस्थिरताबीच भएको यो सम्झौताले क्षेत्रीय शक्ति सन्तुलनमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।
सम्झौतामा अन्य मध्यपूर्वी देशसमेत सहभागी हुन सक्ने चर्चा भए पनि उनीहरूका फरक राजनीतिक तथा रणनीतिक स्वार्थका कारण तत्कालै विस्तार हुने निश्चित छैन।
तपाईको प्रतिक्रिया