काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि उद्योगमन्त्री गौरीकुमारी यादव अनुगमनमा निस्किएकी छन्।
मन्त्री यादवले शनिबार बालाजुस्थित नेपाल ग्यास उद्योगको स्थलगत अनुगमन गर्दै ग्यासको उत्पादन तथा आपूर्तिबारे जानकारी लिइन्।
उपभोक्ताले ग्यास सहज रूपमा नपाएको गुनासो बढिरहेका बेला मन्त्री यादवले उद्योगको अवस्थाबारे जानकारी लिएकी हुन्।
नेपाल ग्यासको अनुगमनपछि मन्त्री यादव ग्यासको आपूर्ति तथा वितरणबारे थप जानकारी लिन टेकुस्थित नेपाल आयल निगमको पुरानो कार्यालय पुगेकी छन्।
तपाईको प्रतिक्रिया