कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, राष्ट्रिय भेला र महाधिवेशनबारे छलफल
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थिति रहनेछ। बैठकमा संस्थापन इतर समूहले आह्वान गरेको राष्ट्रिय भेला, आगामी महाधिवेशन र पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको पछिल्लो निर्णयलगायत विषयमा छलफल हुने जनाइएको छ।
कम्तीमा दुई दिन चल्ने बैठक संस्थापन इतर समूहले साउन २९ गते राष्ट्रिय भेला बोलाएपछि त्यसबारे छलफल गर्न आयोजना गरिएको हो।
पार्टी नेतृत्वले एकताका लागि पर्याप्त पहल नगरेको भन्दै नयाँ दल गठनको तयारीमा रहेको संस्थापन इतर समूह सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी विषयमा पुनरावलोकनको बाटो खुला गरेपछि केही नरम देखिएको छ।
तपाईको प्रतिक्रिया