सोमबार २५ श्रावण २०८३
प्रविधी

एआईले डिजाइन गर्‍यो नयाँ भाइरस, १६ नमुनाको सफल परिक्षण

आइतबार श्रावण २४, २०८३/ Sunday 08-09-26

एजेन्सी । अनुसन्धानकर्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर पहिलोपटक पूर्ण रूपमा नयाँ भाइरस डिजाइन गरेका छन्। एआईबाट तयार गरिएका १६ वटा ब्याक्टेरियोफेज प्रयोगशालामा सफल भएका छन्।

यी भाइरसले ई. कोलाई ब्याक्टेरियालाई संक्रमित र नष्ट गर्न सकेका छन्। वैज्ञानिकहरूका अनुसार यो उपलब्धिले एन्टिबायोटिक प्रतिरोधी संक्रमणको उपचारका लागि नयाँ बाटो खोल्न सक्छ।

स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एआई मोडेललाई भाइरस, ब्याक्टेरिया, बोटबिरुवा र मानिसको आनुवंशिक कोडमा तालिम दिएका थिए। त्यसपछि एआईले नयाँ भाइरसको जीनोम डिजाइन गरेको हो।

यद्यपि विशेषज्ञहरूले एआईमार्फत नयाँ जैविक संरचना निर्माण गर्न सकिने भएकाले यसको दुरुपयोग र जैविक सुरक्षाबारे गम्भीर सावधानी आवश्यक रहेको चेतावनी दिएका छन्।

 

तपाईको प्रतिक्रिया