बिजनेस
सुनको भाउ ३ लाख नाघ्यो, एकैदिन ४ हजार ८०० रुपैयाँले वृद्धि
आइतबार श्रावण २४, २०८३/ Sunday 08-09-26
काठमाडौं। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ एकैदिन तोलामा ४ हजार ८०० रुपैयाँले बढेको छ। भाउ बढेसँगै सुनको मूल्य तोलाको ३ लाख रुपैयाँ नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँ थियो।
पछिल्ला चार कारोबार दिनदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ। बुधबार तोलामा ४ हजार २०० रुपैयाँ, बिहीबार ८ हजार रुपैयाँ र शुक्रबार ९०० रुपैयाँले सुनको भाउ बढेको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदी तोलामा ६५ रुपैयाँले बढेर ४ हजार ६४५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी तोलाको ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो।
तपाईको प्रतिक्रिया