सोमबार २५ श्रावण २०८३
राजनीति

‘मलाई तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’ : गगन थापा

आइतबार श्रावण २४, २०८३/ Sunday 08-09-26

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले आफू कुनै पनि दबाब, डर वा प्रलोभनबाट प्रभावित नहुने बताएका छन्।

आइतबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले आफू पार्टी विधानअनुसार अघि बढ्ने स्पष्ट पारे। उनले भने, ‘मलाई तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न। म विधानमुनि छु, विधान मान्नुपर्छ।’

पार्टीको १५औँ महाधिवेशनको तयारी, नेतृत्वको वैधानिकता र सदस्यता विवाद चलिरहेका बेला थापाको यस्तो अभिव्यक्ति आएको हो।

उनले कांग्रेसमा कोही पहिलो वा दोस्रो दर्जाको नभएको भन्दै सबै नेता–कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्ने बताए। पूर्वसभापति शेरबहादुर देउवासहित पुराना नेताहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ता, विभिन्न जाति तथा समुदायका नेताहरूलाई पनि पार्टीमा जोड्नुपर्ने उनको भनाइ थियो।

थापाले १५औँ महाधिवेशन निष्पक्ष हुनुपर्नेमा जोड दिँदै विशेष महाधिवेशनमा सहभागी र सहभागी नभएका दुवै पक्षलाई महाधिवेशन प्रक्रियामा समेटिने बताए।

महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले सदस्यता विवाद टुंग्याइसकेको उल्लेख गर्दै उनले अब महाधिवेशनसम्बन्धी जिम्मेवारी पूरा गर्ने क्रममा कुनै तलमाथि नहुने स्पष्ट पारे।

 

तपाईको प्रतिक्रिया