बिजनेस
ग्यासमा कालोबजारी रोक्न डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिने
आइतबार श्रावण २४, २०८३/ Sunday 08-09-26
काठमाडौं। खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले काठमाडौं उपत्यकाका ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाउने भएको छ।
गृह र उद्योग मन्त्रालयको समन्वयमा ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी अनुगमन गरिने भएको हो।
भारतबाट ग्यास आयातमा समस्या नरहे पनि बजारमा कृत्रिम अभाव देखाएर महँगोमा बिक्री भइरहेको गुनासो उपभोक्ताबाट आएपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा चासो लिएकी हुन्।
मन्त्री यादवको आग्रहपछि गृहमन्त्री सुदन गुरुङले प्रहरी प्रशासनलाई ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाउन र आवश्यकताअनुसार सादा पोसाकका प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।
सरकारले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यवसायीमाथि कारबाही गर्ने जनाएको छ।
तपाईको प्रतिक्रिया